![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/02/aam-janata-party.webp?fit=1280%2C960&ssl=1)
२९ माघ,काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले केन्द्रीय समिति पुनर्गठनसहित विस्तार गरेको छ ।
गत माघ १९ र २१ गते बसेको केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय समिति पुनर्गठन गरेको अध्यक्ष साहले बताए । जसअनुसार पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय समितिमा रहेकाहरूको सूची प्रकाशित गरिएको छ ।
पार्टीका नवप्रवेशीलगायतलाई समेटेर केन्द्रीय समिति पुनर्गठनसहित विस्तार गरिएको साहको भनाइ छ ।