Logo

२९ माघ,वीरगञ्ज । बाराबाट प्रहरीले दुई करोड ६ लाख मूल्य बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको फरकफरक स्थानबाट २ करोड ६ लाख ९४ हजार ५५० मूल्य बराबरको ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीबाट खटिएको टोलीले चलाइएको जाँच अभियान अन्तर्गत बिलबिजकको भन्दा बढी लोड सामान पाइएपछि दुइवटै ट्रकलाई पक्राउ नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–२३ बैराटपुरबाट ५४ बोरा प्याज बरामद गरेको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जनाए ।
उनका अनुसार कलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको लु १ च ९७५९ नम्बरको पिकअपबाट एक लाख ८ हजार मूल्यको प्याज गरिएको हो ।

यसैगरि इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट इलेक्ट्रोनिक्स, नन् इलेक्ट्रोनिक्स सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको ना ६ ख ५४९१ नम्बर र बा १ ख ९९०९ नम्बरको एक करोड ६५ लाख बराबरको सामान बरामद भएको प्रहरीले बताएको छ ।

त्यसैगरी बीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना ३ ख ५९६१ नम्बरको ट्रकबाट ४० लाख भन्दा बढीको सामान बरामद गरिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।
बरामद सबै सामानसहित ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी भनाइ छ।


सम्बन्धित समाचार