Logo

१ फागुन,वीरगञ्ज । वीरगञ्जमा दोस्रो वीरगञ्ज फुटवेयर एक्स्पो २०८० हुने भएको छ । फागुन २ गते बुधबारदेखि वीरगञ्जमा वीरगञ्ज फुटवेयर एक्स्पो २०८० सुरु हुने भएको हो ।

नेपाल पत्रकार महासंघमा पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी गराएको हो । बुधबारदेखि वीरगञ्ज–९ लालबंगला परिसरमा एक्स्पोको आयोजना हुने एक्स्पोका संयोजक सुरज बन्जाडेले बताए ।

पर्साको वीरगञ्जसहित बारा तथा छिमेकी देशको रक्सौल बजाररसम्मका उपभोक्ताहरुलाई आर्थिक लाभ पु¥याउन र नेपाली उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले फुटवेयर एक्स्पो आयोजना गर्न लागिएको उनले जनाए ।

एक महिना चल्ने उक्त मेलामा नेपालका १३ उद्योगका ३० भन्दा धेरै ब्राण्ड तथा त्यसका ३ हजारभन्दा धेरै डिजायनका जुत्ताचप्पल रहने आयोजकले जनायो । बिहे तथा मौसम अनुसार महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकहरुले १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा विभिन्न ब्राण्डका जुत्ताचप्पल किन्न सक्ने संयोजक बन्जाडे बताउँछन् ।

मेलामा हाइ लाइफ, शु ल्याण्ड, बेली, बोस शुज, आइडल, भेनस, सिल्स, वन वल्र्ड, शिखर शु, पि जि शुस, बाम्बो शुज, हिमाल र हिमानी ब्राण्डका जुत्ताचप्पलहरु राखिनेछ ।
एक्स्पोमा ३५ देखि ४० हजार जुत्ताचप्पलको कारोबार गरि तीन करोड रुपैँयासम्म आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार