Logo

२ फागुन,वीरगञ्ज । बारा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको सामानसहित एउटा ट्रक बरामद गरेको छ । बाराको पथलैया चोकबाट प्रहरीले बिल बिजकभन्दा भन्दा बढीका सामानसहितको ट्रक बरामद गरेको हो ।

३२ लाख ७१ हजार ५६२ मूल्य बराबरका सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी निरिक्षक सूचना अधिकारी विरेन्द्रराज गुरुङले जनाए ।
विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सामानसहित ट्रक नियन्त्त्रणमा लिएको उनले बताए ।

वीरगञ्जबाट मोरङतर्फ जादैँ गरेको ना ३ ख ७४४९ नम्बरको मालवाहक ट्रकमा लोड रहेको सामानको बिल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित ट्रकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले बतायो ।

 


सम्बन्धित समाचार