Logo

५ फागुन, काठमाडौं । मुलुकमा पछिल्लो पटक देखिएको आर्थिक मन्दीको मार सर्वसााधरण देखि उद्योग व्यवसाय संचालन गर्ने क्षेत्रमा समेत देखिएको छ । उद्योग व्यवसाय संचालनमा अस्वस्थ प्रतिस्प्रर्धा र कुशल व्यवस्थापनको अभावमा पनि धेरै व्यवसाय धारासायी बन्दै गएका छन् । संकटमा रहेका उद्योग, व्यवसाय र संस्थाहरुको लागि नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिस प्रालि, नेक्सजेन म्यानेजमेन्ट सोलुसन र नियो डिजिटल सफ्टवेयर डेभलपमेन्ट कम्पनीले परामर्शदाताको रुपमा काम गर्ने भएका छन् ।

बैंक तथा बीमा क्षेत्रका विज्ञ रमेश कुमार भट्टराइको नेतृत्वमा विभिन्न क्षेत्रका विञहरु संलग्न रहेको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिस प्रालि, नेक्सजेन म्यानेजमेन्ट सोलुसन र नियो डिजिटल सफ्टवेयर डेभलपमेन्ट कम्पनीको स्थापना गरिएको छ । यसका लागि कम्पनीले सपना देवकोटा खरेल तथा योगेश नेपाललाई सम्पर्क व्यक्तिका रुपमा जिम्मेवारी प्रदान गरि काम सुरु गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक रमेशकुमार भट्टराईले जानकारी दिनु भयो ।

कुनै व्यवसाय संचालन गर्नुपूर्व त्यसको संभाव्यता अध्ययन गरी काम नगर्दा पछि गएर धेरै उद्योग व्यवसायहरु धरापमा पर्ने स्थिती आउन सक्छ । त्यस्तो अवस्थामा रहेको उद्योग व्यवसयाको लागि यस कम्पनीले परामर्शदाताको रुपमा काम गर्ने भट्टराईको भनाई छ ।

सबै जना सँग सम्बन्धित कामका लागि राम्रो ज्ञान हुँदैन र अध्ययन पनि गरिएको हुँदैन । हिजोका दिनमा ५ वटा कम्पनी राम्ररी चलिरहेकोमा २० वटा आएपछि उनीहरु त बिग्रिन्छन् नै पहिलाका ५ वटा पनि चल्न सक्दैन । यसले गर्दा समग्र उद्योग र बजार नै कमजोर हुन्छ। यहि अवस्थालाई मध्यनजर गर्दै अनुभवी बैंक, बीमा कम्पनीका विज्ञहरु रहेको नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिस प्रालि, नेक्सजेन म्यानेजमेन्ट सोलुसन र नियो डिजिटल सफ्टवेयर डेभलपमेन्ट कम्पनीले काम शुरु गरीसकेको छ ।

जसले सम्भाव्यता अध्ययन, वित्तीय अनुमान, परामर्श, एसेट म्यानेजमेन्ट, ऋण खरीद तथा रिकभरी म्यानेजमेन्ट, समस्याग्रस्त कम्पनीको टेकओभर, पोर्टफेलियो व्यवस्थापन लगायतका काम गर्नेछन्। पछिल्लो पटक अप्ठारोमा परेका सहकारीबाट कम्पनीले आफ्नो सेवा विस्तार सुरु गर्ने योजना बनाएको छ । यसका लागि तीन वटै कम्पनीका योजनाकार रमेश कुमार भट्टराइले नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका अध्यक्ष चन्द्र ढकालसँग सहकारीको वर्तमान समस्या समाधानमा नेक्सजेन म्यानेजमेन्टले गर्न सक्ने सहयोग बारेमा बिस्तृत छलफल गर्नुभएको छ ।

पछिल्लो समय खराव कर्जाका कारण बैंक वित्तीय संस्था तथा सहकारीहरु सबैभन्दा ठुलो समस्यामा छन् । बैंकहरुले कर्जा रिकभरी गर्न नसक्दा खराव कर्जा बढ्नुका साथै समग्र वित्तीय क्षेत्रमै ठुलो समस्या देखिन थालिसकेको छ । नेपालमा बैंकहरु आफैले कर्जा असुलीका प्रकृयाँ अगाडी बढाएका हुन्छन् । तर विदेशमा यस्तो कार्य विभिन्न प्रोफेसनल कन्सल्टेन्सीहरुले गर्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको विस्तार तथा क्षमता बढ्दै गर्दा अर्को पाटो छुटिरहेको हुन्छ। बैंकहरु सानातीना काममा अल्झिँदा व्यावसायिक रणनीतिमा चुक्न सक्छन्। नेक्सजेन तथा नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिस ‘नेफ्स’ले बैंक तथा वित्तीय संस्थाहरुलाई सामान्य देखिने तर महत्वपूर्ण काममा सघाउने छ।

योजनाकार भट्टराईका अनुसार अहिले सञ्चालनमा रहेका तीन वटै कम्पनी वित्तीय क्षेत्रको आवश्यकता हो। अन्तराष्ट्रिय रुपमा नै अभ्यास हुँदै आएको यस्ता काम नेपालमा भने भइरहेको छैन। यसरी भट्टराई सहित पूर्व बीमा कर्मी तथा बैंकरहरुले यस्तो पहल गरेका हुन् ।

भट्टराईका अनुसार अहिले लहडमा कम्पनी खोल्नेमध्ये ९५ प्रतिशतलाई ऐन नियमको ज्ञान हुँदैन। काम गर्दै जाँदा कानुनी र ब्यवहारिक जटिलतामा फस्दै जान्छन्। अनि कम्पनो घाटामा जान थाल्छ। नेक्सजेन तथा नेफ्सले कम्पनी स्थापनाको लागि सम्भाव्यता अध्ययनदेखि खारेजीसम्मका सेवा प्रदान गर्ने छन्।

व्यावसाय गर्ने मन भएका तर ज्ञान र अनुभव नभएकाहरुको लागि कम्पनीले सहजकर्ताको रुपमा आफ्नै प्रतिनिधि राखेर परामर्श तथा ब्यवस्थापकीय सेवा दिनेछ।

उद्योग खारेजीमा जानुभन्दा अगाडि त्यो उद्योग चल्न सक्छ भने किन खारेजीमा लैजाने भन्ने कुराहरु आइरहेका छन्। सरकारकै कतिपय उद्योग पुनः सञ्चालन गर्ने भन्ने कुराहरु आइरहेका छन्, उनले भने, चल्न सक्ने संस्थाहरु टेक ओभर गर्ने हो भने देशको अर्थतन्त्रलाई पनि सहायता पुग्छ।

यदि कम्पनी पुर्ण रुपमा डुवेर खारेजीको चरणमा छ भने त्यसलाई फेज आउट गराउने काम पनि नेक्स्टजेन तथा नेफ्सले गर्छ। केही शुल्क लिएर त्यसको सम्पुर्ण बिषयको जिम्मा लिएर खारेजीको प्रकृयालाई टुङ्ग्याउने काम नेक्स्टजेन तथा नेफ्सले गर्छ। यदि त्यो उद्योग सञ्चालन गर्न सक्ने सम्भावना छ भने पोर्टफेलियो म्यानेजरको रुपमा काम गर्नेछ, भट्टराईले भन्नु भयो ।

नेक्स्टजेनले खराव अवस्थामा रहेको कम्पनीका लगानीकर्तालाई भेला पार्ने र सम्भावना देखिएमा उचित सल्लाह दिँदै चलाउन पहल गर्ने छ। संस्थागत रुपमा यसको विकास भइसकेको छैन। संस्थागत रुपमा विकास गरियो भने सबै कुराहरु करको दायराभित्र आउँछ। कानुनी दायराभित्र रहेर काम गर्दै गर्दा कसैले ठग्ने सम्भावना रहँदैन। त्यसैले सरकारले पनि यसलाई संस्थागत रुपमा विकास गर्न पहल गर्नु पर्छु उनले भने।

नेक्स्टजेनले बैंक तथा बीमा क्षेत्रमा महत्वपूर्ण ठाउँमा बसेर काम गरेकाहरुको विशेषज्ञ समुह बनाएको छ। बैंकहरु ऋण लगानीमा आक्रामक हुँदै गर्दा जस्तोसुकै क्षेत्रमा लगानी भइरहेको छ। यस्तोमा ऋण डुबेमा त्यो पैसा उठाउने काम नेक्स्टजेनले गर्ने छ। ऋण प्रवाह गर्नु अगाडि त्यसका लागि आवश्यक पर्ने डकुमेन्टेसनसमेत गर्नेछ। यसले गर्दा बैंकहरुले सहजै ऋण प्रवाह गर्न सक्ने छन्।

म संस्था चालाउन सक्दिन, बरु मूल्याङ्कन गरेर तपाई लिनुहोस्। नपुगेको रकम म आफ्नो घर जग्गा बेचेर तिर्छु कसैले भन्छ भने त्यस्तो कम्पनी चलाउन नेक्स्टजेन तयार हुने छ, उहाँले भन्नु भयो ।

नेक्स्टजेनले आवश्यक परेमा विदेशबाट विज्ञ झिकाएर समेत काम गर्ने योजना बनाएको छ। यसको लागि भेन्चर क्यापिटल पोर्टफोलियो म्यानेजरको काम गर्नेछ।


सम्बन्धित समाचार