Logo

५ फागुन,जनकपुर ।सुडी समाजको उत्थान, पहिचान र सम्मानका लागि सुडी समाज महासंघ नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा सुरु भएको छ ।

११२ वर्षिया वृद्धा मरनी देवी साहको प्रमुख आतिथ्यताको आसनबाट बोल्दै उनले स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताइन् ।
उनले स्वजातियको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

सो महाधिवेशनमा अनिल भारतीय सोन्डिक संघका उपसभापति दिलीप कुमारले महाधिवेशनबाट नेपालको राजनीतिमा आफ्नो पहुँच बढाउनका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्न सुझाए ।

सितामढी यूवा संघ जिल्ला परिषद्का अध्यक्ष अजय पूर्वेले नेपाल र भारतमा रहेका सुडी समुदाय बीचको परसपर सम्बन्धले हामी बीचको राष्ट्रियता नै नरहेको बताए । आर्थिक, समाजिक, संस्कृतिक र व्यवसायिक सम्बन्धका कारण हामी बीचको राष्ट्रियता गौण रहेको स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

दुईसम्म चल्ने महाधिवेशको उद्घाटनसत्रमा सुडी समाज महासंघ नेपालका महामन्त्री श्यामसुन्दर प्रसाद, मुम्बई शोनिक सुडि समाजका अध्यक्ष रमेश राउत, सुडि यूवा भारतका अध्यक्ष प्रह्लाद पूर्वे, गिनीज बुकमा नाम दर्ज गराएका जनकपुरधामका यूवा डा. नबल पँयिारलगायतकाले महाधिवेशन सफलतापूर्वक सम्पन्नका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस महाधिवेशनको उद्घाटनसत्रमा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, गिनीज बुकमा नाम दर्ज गराउन सफल रहेका डा. नबल पँजियार, प्रा. राकेश नायकलगायतकालाई सम्मानसमेत गरेको थियो ।


सम्बन्धित समाचार