Logo

६ फागुन,वीरगञ्ज । मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरिएको सूचना दिएका छन् ।

जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको टिप्पणी गरेका थिए ।
सदन सुरु हुनुभन्दा पहिला त्यसको जवाफ चाहिएको भन्दै जनमत पार्टीले सदन चल्न नदिएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले सदन स्थगनबारे जानकारी गराएका थिए ।
सप्तरीमा भएको घटनाप्रति मुख्यमन्त्रीले क्षमायाचना माग्नुपर्ने जनमत पार्टीले सदनमा माग गरेको छ ।
आज मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक सुरु भएको थियो । सदन सुरु भएको एक मिनेटमै जनतमको अवरुद्धपछि बैठक स्थगन गरिएको हो ।

 


सम्बन्धित समाचार