Logo

८ फागुन,जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकास निर्माण काममा दीर्घकालीन योजना अनुसार काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज जनकपुरधाममा समाजवादी इन्जिनियरिंग एशोसिएशन मधेश प्रदेश समितिले आयोजना गरेको “मधेश प्रदेश अन्तर्गतका सडक सञ्जाल तथा सुरक्षा” सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकको भविष्य निर्माणका लागि शीर्ष नेतृत्वहरुको स्पष्ट दृष्टिकोण जरुरी रहेको बताए ।

त्यस्तै पूर्वमन्त्री किसान श्रेष्ठले राजनीतिक नेतृत्वमा विकास निर्माणका सन्दर्भमा दृढ इच्छा शक्ति हुनु आवश्यक रहेको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले नेतृत्वमा दृढ यच्छा शक्ति भएमा विकास निर्माणका जस्तोसुकै काम गर्न सकिने भएकाले हुलाकी राजमार्गको निर्माणमा ढिलाइ हुनु चिन्ताजनक रहेको बताए ।

मधेश प्रदेशका नीति योजना आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले सडक पूर्वाधारको निर्माण गर्दा गम्भीर्यतासाथ ध्यान दिनुपर्ने बताए ।
उनले यसका लागि आर्थिक तथा सामाजिक रुपमा पार्ने प्रभावको विषयमा बृहद छलफल गर्न जरुरी रहेको बताए ।

नेपाल इन्जिनियरिंग परिषद्का अध्यक्ष पदम बहादुर शाहीले वर्षेनी रुपमा पच्चिस देखि ३ हजार मान्छेको सडक दुर्घटनामा परेर मृत्यु भइरहेको बताउँदै उनले सडक निर्माण गर्दा सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक भएको बताए ।


सम्बन्धित समाचार