Logo

८ फागुन, काठमार्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिव एक किलो सुन सहित भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका भारतीय नागरिक बर्ष ३५ का शरिफ अहमद अब्दुल गफुरलाई सोमबार राति प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक गफुर पक्राउ परेको प्रहरीले जनाएको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । अवैध रुपमा सुनको ओसारपोसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएका घटना सार्वजनिक भएपनि त्रिभुवन विमानस्थलबाट सुनको अवैध कारोवार रोकिएको छैन ।


सम्बन्धित समाचार