Logo

९ फागुन,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाममा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गराउनका लागि योजनाबद्धरुपमा काम गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा बुधबार भिजिट जनकपुरधामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले ऐतिहासिक तथा धार्मिक दुष्टिकोणलेसमेत निकै महत्वपूर्ण मानिएको माध्यमिकी परिक्रमा क्षेत्रको ११ स्थानलाई पर्यटनीय नगरीको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले यससंगै जनकपुरधाममा पर्यटकलाई मध्यनगर गर्दै टुरिज्म प्याकेज र यसका लागि टुर प्याकेज गाइडसहितको बुक प्रकाशन गर्नुपर्ने आवश्यक रहेको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अम्भुप्रसाद साहले भिजिट जनकपुरधाम २०२४ को एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् ।

भिजिट जनकपुरधामका संयोजक अम्भुप्रसाद साह केही आवश्यक क्षेत्रलाई समेट्दै पर्यटनीय सम्बन्धि सरोकारवाल रहेकाहरुसंग छलफल, विचार विमर्श, समन्वय, सहकार्य, मुस्कानसहितको सेवालगायतकामा केन्द्रित रहेर दुई महिनाभित्रमा जनकपुरधामदेखि बर्दिबास क्षेत्रसम्मका होटेल व्यवसायी, इरिक्सा, सामाजिक अभियन्तालगायतकाहरुसंग कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै रामायण सर्किटका लागि जनकपुरधामलाई भारतको अयोध्यासंग जोड्नका लागि विभिन्न कार्यक्रम गरिने, चितवन, लुम्बिनी, भैरवहा, धरान, इलाम, इटहरी, विराटनगर, काकरभिठ्ठा, नेपालगंज, काठमाण्डुलगायतका क्षेत्र, भारतको अयोध्या, दरभंगा, पटना, गोरखपुर, लखनउ, बाराणसीलगायतका क्षेत्रलाई केन्द्रविन्दु बनाएर पर्यटनीय गतिविधिका लागि सरोकारवाललाई तालिमसमेत उपलब्ध गराउने योजना रहेको संयोजक अम्भुप्रसाद साहले बताए ।


सम्बन्धित समाचार