Logo

०९ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा मङ्गलबार राती चोरी भएको छ । चोरहरुले नगद ७० हजार, ल्यापटप, कम्पयुटरको हार्ड डिस्क लगायत शैक्षिक सामग्रीहरु चोरी गरेको बिद्यालयका प्रिन्सिपल नरेन्द्र तमाङ्गले जानकारी दिएका छन् ।

स्कुलको सि.सि. टि.भि क्यामरामा दुई वटा युवाहरु चोरी गरिरहेको तस्बिर देखिएपनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउँ गर्न सकेको छैन् । केहीदिन अगाडि मात्र पथलैया स्थित सुभद्रा न्यौपानेको घरमा समेत चोरी भएको छ ।

एक सप्ताह नबित्दै जीतपुरसिमराको ३ वटा घरमा चोरी भएको घटना बाहिरिए पनि प्रहरी अहिले सम्म चोरलाई पक्राउ गर्नसकेको छैन । जीतपुरसिमरा चोरहरुको समुह अहिले सक्रिय बन्दै गएको छ । जीतपुरसिमरा उपमहानगरमा प्रहरीको फितलो सुरक्षाको कारण दिनानुदिन चोरीको घटना बढ्दै गएको स्थानीयहरुले बताएका छन । जीतपुरसिमरामा सहकारी देखि लिएर बिद्यालय, घरमा चोरीको घटना बढे संगै अहिले स्थानीयहरु त्रसित बनेका छन ।


सम्बन्धित समाचार