२०, जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय कार्यशाला उद्घाटनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।
संसद्मा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको छ भनी बालेनले दिएको बयानलाई ओलीले ‘ राष्ट्रघाती ’ र ‘ देशद्रोही ’ को संज्ञा दिनुभयो । नेपालले कसैको पनि एक इन्च जमिन नमिचेको दाबी गर्दै अध्यक्ष ओलीले बालेनले कसको स्वार्थ र हितका लागि यस्तो गैरजिम्मेवारपूर्ण कुरा बोलेको भन्दै प्रश्नसमेत उठाउनुभयो ।
छिमेकी देशहरूसँगको सीमा विवाद दुईपक्षीय संवादमार्फत समाधान गरिनुपर्नेमा जोड दिँदै ओलीले यस विषयमा अन्य मुलुकलाई जबरजस्ती तान्न खोज्नु राजनीतिक र कूटनीतिक रूपमा अपरिपक्व कदम भएको बताउनुभयो ।
‘ नेपाल तपाईँ जन्मिनुभन्दा धेरै अघिदेखिको देश हो ’ भन्दै ओलीले बालेनलाई देशमा जथाभाबी नगर्न र नबोल्न कडा चेतावनी दिनुभयो ।
साथै, सोही कार्यक्रममा उहाँले सेनाको भूमिकामाथि पनि असन्तुष्टि पोख्दै सेना निष्पक्ष नभएको र सुकुम्बासीको विपक्षमा उभिएको आरोप लगाउनुभयो।




















