Logo

३ साउन, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक विस्तार तथा कार्यालय प्रयोजनका लागि वीरगन्जमा ठूलो परिमाणमा जग्गा खरिद गरेको छ ।

कम्पनीले पर्साको वीरगन्ज महानगरपालिका–४ मा रहेको ८७.५३ धुर (१४ सय ८२ वर्गमिटर) जग्गा ३२ करोड रुपैयाँमा खरिद गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीका अनुसार, जग्गा खरिद मूल्य मात्र ३२ करोड रुपैयाँ भए पनि रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत थप १ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यससँगै जग्गा प्राप्तिमा कम्पनीको कुल लागत ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको छ।

कम्पनीले होटल मकालु प्रालिको स्वामित्वमा रहेको जग्गा खरिद गरेको हो । सो जग्गा वीरगन्ज महानगरपालिका-४ को २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ नम्बर कित्तामा अवस्थित रहेको कम्पनीले जनाएको छ । आफ्नो सेवालाई थप व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले रणनीतिक स्थानमा जग्गा खरिद गरेको हो ।


सम्बन्धित समाचार
भर्खरै