Logo

फाइल तस्विर

०९ फागुन, बारा । बारामा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुइजना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ भद्रकालीस्थित पूर्व पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट दुइजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक रौतहटको बौधीमाई नगरपालिका-३ बस्ने ३० वर्षका कृष्ण साह र मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षका राजु साह रहेका प्रहरीले जनाएको छ ।

पथलैयाबाट रौतहटतर्फ जाँदै गरेको ना ३६ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कृष्णको खुट्टामा चोट लागेको र राजुलाई बाघले लछार्दा उनको टाउँको र बायाँ हात र दायाँ हातमा चोट लागेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

घाइते दुवैजनाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको प्रहरीले जनायो।

साथै बाघ हाल सोही क्षेत्रमा हुनसक्ने भएकाले सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध समेत गरेको छ । प्रहरीले उक्त सडकखण्डबाट आवतजावत गर्दा सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।


सम्बन्धित समाचार