Logo

०९ फागुन, जनकपुर । मधेश प्रदेश स्थापनाकालमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको दाबी गर्दै १३ सदस्यीय प्रथम÷पुर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएको छ ।

संयोजकमा शैलेन्द्र साह र जगतप्रसाद यादवलाई सचिवमा सर्वसम्मतरुपमा मनोनित गर्दै १३ सदस्यीय प्रथम÷पुर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएको हो ।

सदस्यहरुमा सुन्दर विश्वकर्मा, अशोक यादव, अशोक यादव, रूबी कर्ण, मंजु यादव, मदन श्रीवास्तव, परमेश्वर साह, बाबुलाल साह, सावित्री देवी साह, श्यामपरि देवी रहेका छन् । एक जनालाई सदस्य पदमा पछि राखिने जनाइएको छ ।

मधेश प्रदेशको नामांकन, प्रदेशको राजधानी घोषणा र ५३ वटा बिभिन्न ऐन सहित ऐतिहासिक कार्यभार निर्वाह गर्न सफल भएको भन्दै पूर्वप्रदेशसभा सदस्यहरुले निष्कर्ष निकालेको छ ।

मधेश प्रदेशको प्रदेशसभाबाट ऐतिहासिक कार्यभार निर्वाह गर्न सफल भएकाले प्रथम तथा पूर्व प्रदेश सभा सदस्यहरुको परिचय, भुमिका र उर्जालाई जिवनन्तता राख्नका लागि मञ्च गठन गरिएको जनाइएको छ ।


सम्बन्धित समाचार