Logo

१० फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा घरमा भन्डारन गरी राखेको अवस्था प्रहरीले पक्राउ गरेको हो ।

बाराको महागढीमाइ नगरपालिकाको वडा नम्बर २ निवासी मुकेश यादवको घरमा छापामारी प्रहरीले ८ लाख मूल्य बराबरको कपडा बरामद गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

बरामद गरिएको कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार