Logo

१० फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगञ्ज–१६ इदगाह चोकबाट सडकखण्डबाट उक्त मूल्यका लत्ताकपडा तथा भाडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छली ल्याइएको लेडिज कपडा तथा बिरयानी पकाउने भाडाहरु वीरगञ्ज घण्टाघरतर्फ ल्याउदैँ गरेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता ध्रूव बहादुर श्रेष्ठले जनाए । तस्करहरु प्रहरीलाइ देख्नासाथ सामान छाडेर फरार भएका प्रहरीको भनाइ छ ।

प्रहरीले लेडिज कुर्ता सुरुवाल ९४८ पिस, बिरयानी पकाउने भाडा ५ थान, ठूलो भठ्ठी २ पिस, छनौटा २ थान, सानो बाटा २ थान बरामद गरेको प्रहरीले जनायो ।

बरामद सामानको मूल्यांकन १० लाख ४ हजार ४ सय कायम गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा बताउँछ ।


सम्बन्धित समाचार