Logo

फाइल तस्बिर

१० फागुन, बारा । नक्कली नेपाली नोटसहित बाराबाट एकजना पक्राउ  परेका छन् । निजगढ नगरपालिकन वडा नं. ९ स्थित हाटबजारबाट एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोल बस्ने ३४ वर्षका दिपेन्द्र माझी रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेले जनाए ।

उनलाई एकहजार नक्कली नोट दिएर सामान खरिद गरिरहेको अवस्थाबाट नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । पक्राउ परेकाको साथबाट नक्कली नेपाली १ हजार दरको गरि जम्मा दुई हजार बरामद भएको प्रहरी बताँउछ।

पक्राउ परेका माझीलाई मुद्रा सम्बन्धि कसुरमा मुद्दा दर्ता गराएर बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार