Logo

फाइल तस्विर

१० फागुन, वीरगन्ज । प्रतिवन्धित लागुऔषध सहित पर्साबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण २ बस्ने चोकट मुखियाका छोरा २७ वर्षीय सुभाष मुखिया रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगन्जतर्फ पैदल आउदैँ गरेको अवस्थामा प्रहरीले उनलाई शंका लागेर जाँच गरेको थियो । सोही क्रममा मुखियाले लगाएको निलो रंगको पाईन्टको दाहिने पाकेटमा लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध बरामद भएको मधेश प्रदेश प्रहरीका प्रवक्ता श्याम महतोले जानकारी दिए ।

मुखियाको साथबाट सेतो प्लाष्टिकको पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम बरामद भएको प्रवक्ता महतोले बताए ।

पक्राउ परेका मुखियामाथि आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा पठाईएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार