Logo

१० फागुन, जनकपुर । शहिदनगर नगरपालिकाको खस्किँदो शैक्षिकस्तरप्रति नगर प्रमुख गम्भीर नभएको भन्दै संयूक्त संघर्ष समितिले प्रदर्शन गरेको छ ।

शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादवका कारण नगरपालिका अन्तर्गतको शिक्षा शाखामा देखिएको विकृतिलाई हटाएर शहिदनगरको शैक्षिक वातावरण सुधार गर्नुपर्ने माग राख्दै संयूक्त संघर्ष समितिले यदुकाहामा बृहत जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

सो जुलुसले यदुकाहाको परिक्रमा गर्दै भठ्ठी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादव बालबालिकाको भविष्यप्रति चिन्तित नुहँदा शहिदनगरको शैक्षिक क्षेत्रमा व्यापक अनियमितता हुने गरेको संयूक्त संघर्ष समितिले आरोप लगाएका छन् ।

शहिदनगरको शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले शहिदनगरका कार्यरत प्राथमिक शिक्षक विश्वनाथ यादवलाई आफ्नै पदाधिकारी रहेको विद्यालयमा फिर्ता हुन भनि लेखेर आएको पत्रलाई बेवास्ता गरेको भन्दै बाध्यतावश आन्दोलन गर्नु परेको शहिदनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख उदयकुमार बरबरियाले बताए ।

सो समितिले फागुन १३ गतेदेखि १५ गतेसम्म शहिदनगर नगरपालिकाको गेट अगाडि धर्ना बस्ने, फागुन १६ गते शहिदनगर नगरपालिकाको कार्यालय घेराउन तथा तालाबन्दीसमेत गर्ने कार्यक्रम रहेको शहिदनगर नगरपालिका कार्यपालिकाका सदस्यसमेत रहेका समितिका सदस्य उमेश कुमार निराला बताए ।


सम्बन्धित समाचार