Logo

१२ फागुन,जनकपुर ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकास विना मुलुकको विकास असम्भव रहेको बताएको छ ।धनुषाको सबैलामा शनिबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले
मधेशको मुक्तिविना देशको मुक्ति सम्भव नरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।”
मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व रहेको उनले बताए । उनले भने,

“मधेस, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ ।”
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाए ।

आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताए ।
नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बुढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे ।

सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए । उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताए । प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

त्यस्तै पूवमन्त्री मातृकाप्रसाद यादवले सरकारको गलत नीतिका कारण वर्षौ वित्दा पनि पुललगायतका विकास निर्माणको कार्य अझैसम्म अधुरै रहने गरेको बताए । उनले सम्बन्धित मन्त्रालयका कर्मचारी अधिकारीहरुको लापरवाहीका कारण मुलुकमा भौतिक विकास निर्माणमा अवरोधक देखिएको समेत आरोप लगाए । उनले कमिसनकै लागि हुने गरेको विकास निर्माणको कार्यले गर्दा मुलुकको नाम मात्रको विकासको अर्थ नरहेकोले यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।
एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेकोे छ । यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।


सम्बन्धित समाचार