Logo

१४ फागुन, काठमाडौं । संकटग्रस्त सहकारी र बैकं ऋणीहरुलाई नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले विशेषज्ञ सेवा दिने जनाएको छ ।
बिदेशमा बैंक वित्तीय संस्थाको कर्जा ‘प्रोसेसिङ्ग’ र पुरानो कर्जा असुली कार्य आउट सोर्सिगं हुने गरेका छन् ।

नेपालमा पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा ढिलो चाडो यो ब्यवस्था आउने भएकोले पूर्व बैकं प्रमुखहरुले सम्पति ब्यवस्थापन लगायत उद्योग व्यवसाय तथा बैकं बित्तिय संस्थालाई बिशेषज्ञ सल्लाहकारको सेवा दिने उद्देश्य लिएर सेवा सञ्चालन गरेको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराइ बताउँछन् ।

‘अहिले आर्थिक संकट छ, अर्थतन्त्रका अन्य क्षेत्रहरु पनि कमजोर हुँदैछन्, बैंक वित्तीय संस्थाले नयाँ कर्जा लगानी गर्न सकेका छैनन्, खराब कर्जा बढ्दैछ, लघुवित्त विरुद्ध मानिसहरु संघर्षमा छन् र अधिकाशं सहकारीहरु संकटग्रस्त भइसकेका छन्, अध्यक्ष भट्टराइले भने, ‘यस्तो संकटपूर्ण अवस्थामा बैंक वित्तीय संस्था र सहकारीलाई विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गर्छ ।’

२०७५ सालमा स्थापना भएको र काम भने यहीँ फागुनबाट मैतिदेबिमा कर्पोरेट कार्यालय खोलेर विधिवतरुपमा शुरु गरिएको अध्यक्ष भट्टराइको भनाइ छ । ‘हामीसँग बैंक बीमामा लामो समय काम गरेका अनुभवी अधिकृतहरु यसमा संल्गन छन्’, भट्टराइले भने, ‘कम्पनीले काम प्रारम्भ गरेको दुई हप्ता पनि भएको छैन, तर रेस्पोन्स धेरै राम्रो आइरहेको छ ।’

के–के जानकारी दिइन्छ ?

कम्पनीबाट कामको जानकारी दिनेगरी बैंक, वित्तीय संस्था, सहकारी र उद्योगपति व्यवसायीसँग सम्पर्क गर्ने र कम्पनीको ब्रण्डिगंको काम गर्न आगामी ३ महिना लाग्ने अध्यक्ष भट्टराइ बताउँछन् ।
‘छोटो समयमै बैकंहरुबाट लोन प्रोसेसिगंका कामहरु, रुग्ण सहकारीबाट सिस्टम डेभलपमेन्टको प्रस्ताव, समस्यामा परेका ठुला साना बैंक ऋणिबाट कर्जा फर्छौटमा सहयोगको आग्रह आइसकेको छ’, अध्यक्ष भट्टराईले भने, ‘त्यो भनेको कम्पनी र हामीप्रतिको विश्वास हो ।’

समस्यामा परेकालाई राहत दिने गरी एकदम न्यून शुल्कमा काम गर्ने कम्पनीको भनाइ छ । अन्य पनि यस्तै कम्पनीहरु भएको तर त्यस्ता कम्पनीले भन्दा न्यून शुल्क र कर्पोरेट अफिसमार्फत दिगो सेवा दिने लक्ष्य लिइएको अध्यक्ष भट्टराइको दाबी छ ।

अहिले कम्पनीले लोन प्रोसिगं, खराब कर्जा असुली, कारोबार सञ्चालन सम्बन्धि सिस्टम डेभलपमेन्ट, आईटि प्रणालीको व्यवस्था, रुग्ण उद्योग टेकओभरमा सहयोग, थप पुँजी लगानीको व्यवस्था, नयाँ कम्पनी स्थापना, मर्जर एक्विजिसनमा सहयोग, नेगोसिएसन र कन्फ्लिक्ट मैनेजमेन्ट लगायतको सेवा प्रदान गर्ने गरी तयारी भइरहेको छ ।

‘कम्पनीले आफ्नो सेवा देशभरि दिने गरी नेटवर्किगं बनाउँदै छ’, भट्टराइले भने, ‘त्यसको लागि मुख्य–मुख्य शहरमा कन्सलटेन्सी काम गरिरहेका बिशेषज्ञहरुको समूह वा कम्पनीसँग सम्झौता गरेर काम गर्ने योजना बनाएको छ ।’
नेक्सजेन बैंकका पूर्व कार्यकारी प्रमुखहरु समेतको संलग्नतामा २०७५ सालमा स्थापित भएको कम्पनी हो ।

४२ वर्षदेखि वित्तीय क्षेत्रमा अनुभव रहेका कम्पनीका अध्यक्ष भट्टराई २८ वर्ष निरन्तर ६ वटा बैंक, फाइनान्स र बीमा कम्पनीमा कार्यकारी प्रमुख भएर काम गरिसकेका ब्यक्ति हुन । यहि फागुन १ गतेबाट निजले स्वेच्छिक अवकास लिई नेक्सजेन म्यानेजमेन्ट चलाउन शुरु गरेका हुन् ।


सम्बन्धित समाचार