Logo

१४ फागुन,काठमाडौं । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका छन्।  सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो तीन पृष्ठको ’विशेष वक्तव्य’ वाचन गर्दै नयाँ आह्वान गरेका हुन्।

’देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाइ देशका सबै वर्ग, समुदाय, धर्म, जात–जाती, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका लागि विगतमा जस्तै’ फरकफरक क्षेत्रका जनता एक्लाएक्लै लडेर नहुने महतोको भनाइ छ।
’अब एकल एकल रुपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै ’फोड र राज्य गर’ शासकीय नीति विरुद्ध ’जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन’, महतोको भनाइ छ।

उनले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने तर्क गरेका छन्। उनले आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै नभएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा महतोले आफ्नो नेतृत्वको यो अभियानमा ’पूर्वपार्टी’ लोसपा लगायत अन्य सबै पार्टीहरू पनि जोडिने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार