Logo

१४ फागुन,वीरगञ्ज । वीरगञ्ज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको हो ।

कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर फागुण १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताउनुभयो ।

खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा.चौधरीले बताउनुभयो । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।

गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताउनुभयो । खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताउनुभयो ।

 


सम्बन्धित समाचार