Logo

१५ फागुन,जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गैरसरकारी संघ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।

विकास साझेदारीसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा आयोजित अन्तरसंवादमा मुख्यमन्त्री यादवले समन्वय गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुने बताए।

भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले दातृ निकाय काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्गमा बस्ने प्रवृत्ति ठीक नभएको बताए।

अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध नहुने बताउँदै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको स्पष्ट पारे। अर्थमन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिए।

नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अगाडि बढ्न सकिने बताए। गैरसरकारी संस्थाका प्रतिनिधि प्रमित अधिकारीले मधेशमा काम गर्न सजिलो रहेको अनुभव पोखे।


सम्बन्धित समाचार