Logo

१५ फागुन,काठमाडौँ । काठमाडौँका केही निषेधित क्षेत्रमा कडाइ गरिएको छ । सोमबार लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि संसद भवन र सिंहदरवार आसपासमा कडाइ गरिएको हो ।

प्रहरीले सिंहदरवार आसपासको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । सिंहदरवार आसपासका फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवन आसपासमा समूहमा हिँड्न दिइएको छैन । यसैगरी संसद भवन परिसरको पर्खाल नजिकबाट हिँड्न रोक लगाइएको छ ।

त्यसो त जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन ४ मा जारी गरेको निषेधाज्ञामा नै ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन सभा गर्न नपाइने जनाएको थियो ।

 


सम्बन्धित समाचार