Logo

१६ फागुन,काठमाडौं । सरकारले हालै समस्याग्रस्त घोषित तीन सहकारीका वचतकर्तालाई आफ्नो बचत रकम दाबी गर्न आह्वान गरेको छ।

हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिड सहकारी संस्थाका वचतकर्ताकाले रकम मागदाबी गर्न सक्नेछन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र वचत रकम दाबी गर्न आह्वान गरेको हो। सहकारीका सदस्य बचतकर्ता तथा साहुहरुले समितिको वेबसाइट धधध.अययऊअ.नयख.लउ गई अनलाइनमार्फत् आफूले पाउनुपर्ने रकम दाबी गर्न सक्ने समितिले जनाएको छ।

समितिले हाम्रो नयाँ कृषि सहकारीलाई गत माघ ११, कृषि विकास बहुउद्देश्यीय सहकारीलाई माघ २६ र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीलाई फागुन ३ गते समस्याग्रस्त घोषणा गरेको थियो।

समितिले तीनवटै सहकारीका संचालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाएर कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न भनेको छ।

ऋणि सदस्यलाई पनि समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न र साविकका संचालक तथा कर्मचारीसँग भुक्तानी कारोबार नगर्न सचेत गराइएको छ।


सम्बन्धित समाचार