Logo

१७ फागुन,वीरगञ्ज । वीरगञ्ज कलेजको आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेको खाना तथा सांस्कृतिक मेलाको तयारी पुरा भएको छ । विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजनाको सम्पूर्ण तयारी पूरा भएको कलेजले जनाएको छ ।

शुक्रबार र शनिबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना हुने कलेजले जनाएको छ । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले जनाए ।

खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा.चौधरीले बताए । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने कलेजको अनुमान छ ।

गतबर्ष पनि कलेजले पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त भएको र यसवर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताइएको छ ।

मेलामा कलेजमै अध्ययन गरेका विद्यार्थीहरुको समेत सास्ंकृतिक प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताउनुभयो ।


सम्बन्धित समाचार