Logo

फाइल तस्वीर

१८ फागुन,वीरगञ्ज । जनमत पार्टीले केन्द्रीय समितिको बैठक पर्साको वीरगञ्जमा बस्ने भएको छ । यहि चैत्र ३ र ४ गते सो पार्टीको केन्द्रीय समिती बैठक वीरगञ्जमा बोलाएको हो ।

बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने बताइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता दिए पनि सम्बन्ध राम्रो छैन । सो पार्टीले नौलो गणतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्ने तयारी गरिरहेको छ ।

बैठकमा सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा पनि छलफल हुने जनाइएको छ । २०८१ जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी समेत जनमत पार्टीको छ ।

त्यसको तयारीका बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ । पार्टीका उपाध्यक्ष ई.दीपक साहले चैतमा बस्ने केन्द्रीय समिति बैठक नियमित भएको जनाए ।


सम्बन्धित समाचार