Logo

२० फागुन,जनकपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हँसपुर नगरपालिकामा एक सय एक किलोको फुलको मालाले स्वागत गरेको छ ।

धनुषाको हँसपुर नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेललाई स्थानीय कार्यकर्ताहरुले स्वागत गर्दै एक सय एक किलोको फुलको माला लगाएर स्वागत गरेको हो ।

सो कार्यक्रममा एमालेका महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

धनुषाको हँसपुरमा भएको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको कामकाज ठप्प भएको दावी गरे । उनले विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको समेत बताए ।

उनले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै महासचिव पोखरेलले सोही कारण एमालले मिसन २०८४ ल्याएको बताए ।
महासचिव पोखरेलले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकारको विकल्प रहेको बताए ।
उनले विशेष गरि तराई मधेशको विकासको सवालमा भारत सरकार बाधक रहेको आरोप लगाए ।

उनले तराई–मधेश क्षेत्रमा भारत सरकारले विकासको नाममा बेवास्ता गर्ने गरेकाले काम अधुरो नै रहँदा जनता निराश रहेको बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री जुलीकुमारी महतो, लिलानाथ श्रेष्ठ, एमालेका संसदीय दलका नेत सरोजकुमार यादव, संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतो, केन्द्रीय सदस्यहरु सञ्जिवकुमार झा सुरज, उमाशंकर अरगरिया, सुुमनराज प्याकुरेल, सविता यादव, एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव, पुर्व हँसपुर नगरका पूर्व उपमेयर रेणु झा, देवकृष्ण मण्डललगायतकाले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।


सम्बन्धित समाचार