Logo

२० फागुन,जनकपुर । मधेश प्रदेशको राजधानीमा फेरी पनि नीजिस्तरबाट संस्थागत विद्यालय संचालनमा आएको छ ।

अधिक विभिन्न विद्यालयहरुको बीचमा जनकपुरधाममा बालबालिकाको भविष्यलाई केन्द्रित गरी विज्डम ट्री इन्टेरनेश्नल स्कुल स्थापना गरिएको छ ।
जनकपुरधाममा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि विज्डम ट्री इन्टेरनेश्नल स्कुलका संचालक गौतम अग्रवालले स्थानीयस्तरमा शिक्षाको गुणस्तरीयता खस्किरहेको अवस्थामा सेवाभावले स्मार्ट स्कुल संचालनमा ल्याएको जानकारी दिए ।

प्रध्यापक डिजो जेकेले अनुभुवी प्रध्यापक तथा प्रध्यापिकाहरुबाट अध्ययन अध्यापन गराइने र प्रत्येक कक्षाकोठामा ३६ जना विद्यार्थीको सिटको व्यवस्था गरिएको बताए ।

उनले प्रत्यके कक्षाकोठामा डिजिटलीयरुपमा अध्ययन तथा अध्यापन गराइने हुनाले लेख्ने बोर्ड र हेर्नका लागि टिभिको समेत व्यवस्था रहेको बताए ।


सम्बन्धित समाचार