Logo

२० फागुन,ठोरी । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान दिवसको अवसर पारेर सुवर्णपुरमा प्रभातफेरी र वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर आइतवार पर्साको ठोरी गापा –५ मा सुनाखरी उपभोक्ता समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

तराई भुपरिधी कार्यक्रम (ताल) को सहयोगमा सम्पन्न कार्यक्रममा सहभागीहरुले सुनाखरी सामुदायिक होमस्टेको कार्यालयबाट सुवर्णपुर चोकसम्म प्रभातफेरी निकाल्दै संरक्षण सम्बन्धी विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो अवसरमा समृध्दिका लागि संरक्षण, संरक्षणका लागि भाव जगाऔं लगायतका नारा बोकेका प्लेकार्ड प्रदर्शन गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रभातफेरी पश्चात् कार्यक्रमका सहभागीहरुले आज नै सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको प्राङ्गणमा वृक्षारोपण गरेका थिए । कार्यक्रममा सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीन , सुनाखरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेल , पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर नरेश कुमार रायभर लगायत समितिका पदाधिकारी , सिबिएपियुका पदाधिकारीहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार