२० फागुन,वीरगञ्ज । राजस्व चुहावट मुद्दामा एक वर्ष कैद र १२ करोड जरिवाना पाएका वीरगञ्जका प्रदीप गुप्तासहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ ।
राजस्व चुहावट मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका वीरगञ्ज महानरपालिका–८ बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संञ्चालक प्रदीपकुमार गुप्ता र संचालक धादिङको रोराङ गाउँपालिका– ५ बस्ने सप्लायर्सकी कुमारी गुरुङलाई सिआइबीको टोलीले पक्राउ गरेको हो ।
दुवै जनालाई भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए ।
दुवै जनाले आपसी मिलेमतोमा वस्तु खरिद नगरी नक्कली कर विजक जारी गरी आयकर नतिरेको मुद्दामा अदालतले ०७९ भदौ २५ गतेको फैसलाले दुवै जनालाई जनही एक वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५३० जरिवाना गरेको थियो ।
सोही समयदेखि फरार रहेका दुबै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

















