Logo

२० फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं.८ पसाहा पुलस्थितबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निजगढ–८ बस्ने २८ वर्षका सरोज दोङ रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रहरीले चलाएको जाँच अभियानको क्रममा साईकल गुडाई आइरहेको अवस्थामा शंका लागेर चेक गर्दा लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनको साथबाट लागुऔषध डाईजापाम १५ पिस, फेनारगन ११ पिस, नुर्फिन १५ पिस र सिरिन्ज ३ पिस बरामद गरेको प्रहरी बताँउछ ।

पक्राउ परेका उनीमाथि लागुऔषध मुद्दा दर्ता गरि बारा जिल्लन अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

 


सम्बन्धित समाचार