Logo

२१ फागुन,काठमाडौँ । राजनीतिक सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला यता सेयर बजारमा उच्च उत्साह देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ ।

आजको बजारमा प्रि–ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अङ्कमाथिले बढेर २ हजार ३९ अङ्कमाथि पुगेको हो ।

बिहान १०ः५० बजे १९ सय ७६ अङ्कमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अङ्कले बढेर १९ सय ८८ अङ्कको विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अङ्कले बढ्दै २ हजार ३१ अङ्कमा उक्लिएको छ ।


सम्बन्धित समाचार