Logo

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।

त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्ने बताइएको छ।

त्यस्तै नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई जानकारी दिने भएका छन्।

वाम गठबन्धनको सरकार बन्ने भएलगत्तै सोमबार अपरान्ह कम्तीमा ४ जना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिँदैछन्।

माओवादीले नुवाकोट १ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको हो ।

त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।


सम्बन्धित समाचार