Logo

२१ वीरगञ्ज,फागुन । नेकपा एमाले,माओबादी केन्द्र,जनता समाजबादी पार्टी नेपाल र रास्वपा मिलेर केन्द्रमा नयाँ गठबन्ध गर्न लागेपछि मधेसमा त्यसको असर पर्ने देखिन्छ ।मधेस प्रदेशमा नयाँ गठबन्धनलाई आफनो सरकार बनाउनमा कठिनाई हुने देखिएको छ ।

अहिले जनता समाजबादी पार्टीले मुख्यमन्त्रीसहित प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।कुल १०७ सदस्य प्रदेश सभामा बहुमतको लागि ५४ सिट चाहिन्छ ।तर केन्द्रमा नयाँ गठबन्धन तयार भएपछि मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार टिकाउन कठिनाई हुने भएको छ ।

१०७ सदस्य मध्ये नयाँ गठबन्धनलाई हेर्ने हो भने नेकपा एमालेको २३,जसपाको १८ र माओबादी केन्द्रको ९ जान साँसद गरि जम्मा ५० सिट मात्रै हुन्छ ।यसमा पनि एमालेबाट सभामुखमा रामचन्द्र मण्डल भएका कारण एकसिट अझै कम भएर ४९ सिट मात्रै हुनेछ ।मधेसमा जनमत पार्टीले मुख्यमन्त्री मागिरहेको छ ।

अनि मात्रै केन्द्र सरकारमा सहभागी हुने बताईसकेको छ ।यसअघि यस प्रदेशको सरकारबाट पनि जनमत बाहिरिएको थियो ।यस्तोमा बहुमतको लागि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत वा लोसपाको पनि समर्थन हुन आवशयक देखिन्छ ।मधेसमा लोसपाको ९ र नेकपा एकीककृतको ७ जना प्रदेश साँसदहरु रहेका छन ।


सम्बन्धित समाचार