Logo

२१ फागुन,मोरङ । मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएका पुष्टि गरेका छन्।

बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित गुल्मका प्रमुख रहेका थिए।

आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जनाइएको छ। घटनाको अन्य कारण खुलेको छैन। स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार