Logo

२२ फागुन,काठमाडौँ । आज (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ ।

जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार