Logo

२२ फागुन,वीरगञ्ज । सत्ता समीकरण बदलिएपछि सबै प्रदेश सरकार हलचल ल्याइदिएको छ । नयाँ समीकरण अनुसार अधिकांश ठाउँमा सत्ता परिवर्तन हुने संकेत बढ्दै गएका छन् ।
यो समीकरण अनुसार अहिले खासगरी अधिकांश ठाउँबाट कांग्रेस सरकारबाट बाहिरिने अवस्था छ ।

मधेश प्रदेशमा यही अवस्था छ । तर केन्द्रमा ठोस निर्णय नहुँदा प्रदेशमा नयाँ सरकार निर्माणबारे अन्योलता बढेको छ ।
४ दल मिलेर नयाँ समीकरण बनाए पनि मन्त्री तथा कुन प्रदेशमा कसले सरकार चलाउने जस्ता विषयमा वाँडफाँडमा नुहँदा प्रदेश सरकार निर्माणमा अन्योलता बढेको मधेश प्रदेश सरकारले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएपनि खाँकामा सहमति नभएको हुँदा आफूहरु सरकार गठनको विषयमा मौन रहेको मधेश प्रदेश सरकार प्रमुख बताउँछन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिले आफूहरु पूर्णरुपमा ‘हेर र पर्ख’ को अवस्थामा रहेको बताए ।

रेसखबरसंग कुरा गर्दै मुख्यमन्त्री यादवले भने,‘अहिले हामी सबै वाँच गरिरहेका छौं, किनभने केन्द्रमा नै कुनै सहमति भएको छैन । त्यसैले केन्द्रमा ४ दलहरुबीच सहमति मिल्यो भने हामी पनि त्यही अनुसार अगाडि बढ्छौं ।’

‘केन्द्रमा जे सहमति हुन्छ, त्यही बमोजिम प्रदेशमा सरकार निर्माणको प्रक्रिया अगाडि बढाइन्छ । ‘त्यसैले अहिले हामी हतारमा छैनौं, केन्द्रको निर्णयकै प्रतिक्षामा छौं,’ उनले भने ।
मधेश प्रदेश सरकारमा नयाँ समीकरण अनुसार बनेको दलसंग सरकार बनाउँने सांसद संख्या अपुग छ । नयाँ समीकरणमा एमाले, माओवादी, जसपा र रास्वपा गरी ४ दल छन् ।


सम्बन्धित समाचार