Logo

२३ फागुन,काठमाडौं । आन्दोलन गर्दै बालुवाटार पुगेका दुई दर्जनबढी मिटरब्याज पीडित पक्राउ परेका छन्।

मिटरब्याज संघर्ष समितिका अध्यक्ष अध्यक्ष अवधेश कुशवाहसहित २५ जनालाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए।

नेपाल प्रहरीले भृकुटीमण्डपमा नै बालुवाटार मार्च रोकेपछि केही पीडितहरू प्रधानमन्त्री निवास ३ नम्बर गेट अगाडि विरोध प्रदर्शन गर्न बालुवाटार पुगेको उनको भनाइ छ। ६ बुँदे माग पूरा गराउने दबाब मुलक कार्यक्रम गर्न पुगेका थिए।


सम्बन्धित समाचार