![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-06-at-1.44.47-PM.jpeg?fit=1200%2C668&ssl=1)
२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको छ । स्रोतका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
आज बसेको कार्यदलको बैठकले ‘प्रचण्ड’ सरकारमा रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंगो लगाएको स्रोतको दाबी छ ।
जसबमोजिम डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।