Logo

२३ फागुन,काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महासेठको नेतृत्वमा सरकारमा जाने एमालेले टुंगो लगाएको छ ।

मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । स्रोतका अनुसार एमालेको भागमा ८ वटा मन्त्रालय परेको छ । अन्य मन्त्रीहरुको नाम भने अहिले टुंगो लागेको छैन।


सम्बन्धित समाचार