Logo

२३ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट सहभागी हुने ८ जना मन्त्रीहरुको टुंगो लागेको छ ।

नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याइएको हो । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । स्रोतका अनुसार सरकारमा पार्टीको नेतृत्व गर्दै रघुवीर महासेठले भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।


सम्बन्धित समाचार