Logo

२३ फागुन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा टाटा सुमो दुर्घटना भएको छ । नगरपालिकाको वडा नंं. ३ बडनिहार बजार नजिक गएराती टाटा सुमो दुर्घटनामा परेको हो ।

जितपुरबाट मनवा बजारतर्फ जादैँ गरेको ना १ ज ३५७८ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुमो अनियन्त्रित भई गहुँ खेतमा पल्टिएको थियो ।

दुर्घटनामा चालक कुन्दन महतो मात्र रहेको र चालकको अवस्था सामान्य रहेको बहनिहार प्रहरी चौकीले जनाएको छ ।

 


सम्बन्धित समाचार