Logo

२४ फागुन,काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ ।

बिहीबार सिंहदरवारमा बसेको नवगठित मन्त्रिपरिषद्को बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

साथै संयुक्त राष्ट्र सङ्घको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘संयुक्त राष्ट्र सङ्घको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औँ सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने ।’


सम्बन्धित समाचार