Logo

२५ फागुन,वीरगञ्ज । पर्सा युनाइटेडले वीरगञ्ज सुपर लिग सिजन २ को फाइनलमा स्थान बनाएको छ ।

पर्सा स्टारर्सलाई २ विकेटले पछि पार्दै पर्सा युनाइटेडले फाइनलमा स्थान बनाएको हो । आज भएको सेमिफाइनल खेलमा पर्सा स्टारर्सले टस जितेर ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ६ विकेट गुमाएर एकसय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पर्सा युनाइटेडले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

खेलमा अरमान शेख म्या अफ दि म्याच घोषित भए । यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलबाट पर्सा वारियसर्स फाइनलमा प्रवेश गरिसकेको छ ।

अब उपाधीका लागि भोली पर्सा युनाइटेड र पर्सा वारियसर्सबिच खेल हुनेछ ।


सम्बन्धित समाचार