Logo

२६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनी विर्तामा निशुल्क शिविर सम्पन्न भएको छ । शिव उपकार सेवा नेपाल नामक सस्ंथाको आयोजना र प्रभु अस्पताल तथा रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा शिव मन्दिरको प्राङगणमा शिविर सम्पन्न भएको हो ।

११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस तथा महाशिवरात्रीको अवसरमा आयोजित शिविरमा दुईसय ६५ जनाको चेकजाँच गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । शिविरमा उनीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थारुले बताए ।

शिविरमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, फिजिसियन राजु रञ्जन, नवजात तथा शिशु रोग विशेषज्ञ डा. असलम अन्सारी लगायतले जाँच गरेका थिए ।


सम्बन्धित समाचार