Logo

२६ फागुन,काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनताले केही पनि नपाउने बताएका छन्।

जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे। उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए।

उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने पनि दावी गरे। अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको उनको भनाइ थियो।
महतोले भने, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रूपमा स्थापित हुनु आवश्यक छ।’

नेता महतोले मधेश केन्द्रित दलहरूबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादी एकत्रित हुनुपर्नेमा जोड दिए।


सम्बन्धित समाचार