Logo

२७ फागुन,काठमाडौं । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । उनले आइतबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अली जरदारीलाई सपथ खुवाउनेछन् ।

यसै साता प्रधानमन्त्री बनेका शहबाज सरिफले आसिफ अली जरदारीलाई दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

उनले पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता भएको बताए ।

यसअघि पाकिस्तानको निर्वाचन आयोगले शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरेको थियो ।

आयोगका अनुसार जरदारीले ४११ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी महमूद खान अचकजाईले १८१ मत पाएका छन् ।

पाकिस्तानमा राष्ट्रपतिको निर्वाचन संसद् र चार विधान सभाका सदस्यहरूले गर्ने गर्दछ। हाल देशको विधानसभामा ९२ सिट खाली छन् ।

इलेक्टोरल कलेजमा कुल १ हजार १८५ मत छ । शनिबार भएको निर्वाचनमा विधानसभा र सिनेटका एक हजार ४४ सदस्यले मतदान गरेका थिए ।

निर्वाचन आयोगका अनुसार निर्वाचनको नतिजा सरकारलाई पठाइएको छ ।


सम्बन्धित समाचार